इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन « Khabarhub

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेको छ ।

संसद भंग भएपछि इजरायलमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो ।

इजरायल दुई वर्षमा चौथो चुनावको लागि अग्रसर हुने भएको छ । सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सीएएनएनले जानकारी दिएको छ ।

तस्वीर : रोयटर्स

नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनले २०२० को बजेट स्वीकृत गर्न मध्यरात्रको म्याद गुमाएपछि संसदको स्वतः भंगलाई बाध्य तुल्याएको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरुले सरकारको पतनका लागि एक अर्कालाई दोष दिएका छन् ।

कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ ।

नेतान्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लू एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् २०२० को बजेट पारित गर्न मध्यरात्रिसम्म प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १ : ०६ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।