२४ घण्टामा ९५२ कोरोना संक्रमित डिस्चार्ज | Khabarhub Khabarhub

२४ घण्टामा ९५२ कोरोना संक्रमित डिस्चार्ज


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४६ हजार ६६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८०३ पुगेको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : २५ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार