नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नजिक « Khabarhub

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नजिक


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सेन्ज(नेप्से) बुधबार अन्तिम समयसम्म आउँदा सामान्य अंकले बढेको छ ।

कारोबारको सुरुमा परिसचुकको वृद्धिदर हेर्दा सकरात्मक सर्किट लाग्ने आशा गरे पनि ३ बजेसम्म आउँदा ७.०४ अंकले मात्र बढेको छ ।

आज ११ बजे. २०६१.४१ को बिन्दुबाट सुरु भएको कारोबार ०.३४ प्रतिशशतले बढेर २०६८.४५ को बिन्दुमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा बैंकिङ् समूहको १ दशमलव ५८ प्रतिशत, जीवन बीमाको २ दशमलव ८७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले घटेको छ ।

त्यस्तै जलविद्युतको १ दशमलव ३४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ५५ प्रतिशत, होटलको शून्य दशमलव ९५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत, वित्तको शून्य दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत र लघुवित्तको शून्य दशमलव ९४ प्रतिशत परिसूचक घटेको छ ।

शेयर बजारमा रू। ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार बराबरको कारोबार भएको छ । २०३ ओटा कम्पनीको ५१ हजार ३०२ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । विगत केहि दिनदेखि निरन्तर सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको उक्त कम्पनीको बुधवार रू। १ अर्ब ४३ करोड ४४ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको हो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : १५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा