नवलपरासीमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु « Khabarhub

नवलपरासीमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व गैंडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालीगण्डकी करिडोरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नवलरासीपूर्व गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा ना ३ ख ५३३९ नम्बरको लोरी प्लेटफर्म टेलर आज बिहान भीरबाट खसेको हो ।

बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गरेको लरी भीरबाट झण्डै एक सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १७ का ४५ वर्षीय सुरेश भुजेल, सोही ठाउँका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगरका ५० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले स्थानीय र डोरीको सहायतामा भीरमा रहेको शव निकालेका थिए । दुर्घटनास्थलमा गाडी टुक्रा टुक्रा भएर उछिट्टिएको छ ।

स्थानीयको सहयोगमा घटनास्थलबाट शव उठाई चितवनस्थित भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलरासीपूर्वका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घटनास्थल पूर्व पश्चिम राजमार्गको गैंडाकोटबाट करिब ३५ किलोमिटर उत्तरमा पर्दछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : २० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर