गर्भवती महिलालाई अमेरिका प्रवेश गर्न कडाइ गर्दै ट्रम्प « Khabarhub

गर्भवती महिलालाई अमेरिका प्रवेश गर्न कडाइ गर्दै ट्रम्प


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले नयाँ भिसा नियम सार्वजनिक गरेको छ।

बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत गरिने संघीय रजिस्टरले जारी गरेको नयाँ नियममा भनिएको छ।

बच्चा जन्माउनभन्दा पनि मेडिकल आवश्यकताले मात्र अमेरिका जान लागेको भन्ने आवेदकका भनाइलाई चिर्न अत्यन्तै अप्ठेरो हुने गरेको थियो।

मेडिकल आवश्यकताले अमेरिका जान आवेदन दिनेलाई अन्य विदेशीलाई झैं उनीहरुले त्यसका लागि पैसा खर्च गर्न सक्छन् वा सक्दैनन् भनेर पनि हेरिनेछ।

‘त्यसमा उनीहरुको यातायात र अमेरिका बस्दाको खर्च गर्न सक्ने क्षमतालाई पनि हेरिनेछ,’ संघीय रजिस्टरले जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘जन्म पर्यटन’ प्रतिबन्ध गर्ने उद्देश्यलाई साकार बनाउने उद्देश्यसहित नयाँ भिसा नियम आएको हो । बच्चा जन्माउनकै लागि गर्भवती महिला अमेरिका प्रवेश गर्ने र जन्मका आधारमा पासपोर्ट माग्ने गरेको भन्दै ट्रम्पले उनीहरुको भिसालाई कडाइ गर्ने यसअघि नै बताउँदै आएका थिए।

‘बर्थ टुरिजम’ अर्थात् ‘जन्म पर्यटन’ एजेन्सी सञ्चालकलाई किर्ते गरेको र कर छलेको आधारमा पक्राउ गरिएको केही घटना भए पनि अमेरिकामा बच्चा जन्माउन जानुलाई मौलिक रूपमा कानूनी अभ्यास मानिन्छ।

भिजाका लागि आवेदन दिँदा महिलाहरुले सत्य नै बोल्ने गरेका छन् । उनीहरुले कन्सुलरसमक्ष चिकित्सक र अस्पतालसाग गरिएका हस्ताक्षरयुक्त करार पनि देखाउने गरेका छन्।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ११ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति