सरकारमा जाने कल्पना पनि छैन : राजेन्द्र महतो « Khabarhub

सरकारमा जाने कल्पना पनि छैन : राजेन्द्र महतो


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले राजपा सरकारमा जाने कुरा कल्पनामा पनि नआएको बताएका छन् ।

खबरहबसँगको कुराकानीमा महतोले अहिले सरकारसँग भएको सहमति राष्ट्रियसभा निर्वाचनका लागि मात्र भएको भन्दै यो सहमतिले सरकारमा जाने कुरा नसमेटिएको बताए ।

सरकारसँग आफूहरुले राखेका मागको विषयमा कुराकानी हुँदै गरेको बताउँदै उनले संविधान संशोधनको मुद्दा आफ्नो बटमलाइन भएकाले त्यसको सम्बोधन नभएसम्म सरकारको कुरा धेरै टाढाको भएको बताए ।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनका लागि भएको सम्झौताको पालना भएको छ । यो सहमति अन्य कुनैसँग पनि जोडिँदैन ।’

महतोले उपसभामुखका विषयमा पनि सत्तारुढ दलसँग कुनै छलफल नै नभएको बताए। सभामुखमा तपाईंहरुले नेकपाका उम्मेद्वारलाई समर्थन गर्नुको कारण के भन्ने प्रश्नमा महतोले भने, ‘सभामुख प्रतिनिधिसभाको अभिभावक हो । यसमा सबैको साझा नेता होस भन्ने राजपाको मान्यता थियो । फेरि कांग्रेसले पनि उम्मेद्वारी दिएन । सभामुखका लागि अर्को विकल्प पनि नभएकाले हामीले पनि समर्थन गरेका हौं ।’

सभामुखमा नेकपाका उम्मेदवारलाई समर्थन गरेपनि उपसभामुखबारे कुनै चर्चा नभएको उनले बताए ।

उनले संविधान संशोधन, पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहाई, नेता कार्यकर्तामाथि लागेका मुद्धा फिर्ता लगायतका आफ्ना माग सम्बोधनका लागि सरकारको खबरदारी जारी रहेको भन्दै महतोले ती सम्बोधन नभएसम्म सरकारलाई खबरदारी गरिरहने बताए ।

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भने नेपालका लागि आवश्यक रहेको बताए ।

उनले भने, ‘एमसीसीका बारेमा पार्टीले आधिकारिक निर्णय लिएको छैन् । हामीले सुने अनुसार यो नेपालको विकास र समृद्धिका लागि हो भन्ने छ । यसलाई ठीकै मान्नुपर्छ ।’

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ९ : ३७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को