बूढानिलकण्ठमा कांग्रेस शीर्ष नेताबीच ‘निर्णायक छलफल’ « Khabarhub

बूढानिलकण्ठमा कांग्रेस शीर्ष नेताबीच ‘निर्णायक छलफल’


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच आज निर्णायक वार्ता भइरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुरु भएको वार्ताले पार्टीमा देखिएको विवाद समाधानका गर्ने विश्वास नेताहरुले लिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विगत दुई महिना यता संस्थापन र इतर पक्षबीच विवाद चर्किएको छ ।

विवाद समाधानका लागि बुधवार शीर्ष नेताहरु देउवा निवासमा छलफलमा जुटेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरुबीच भएको छलफल सकारात्मक रहेको र शुक्रवार(आज) को बैठकबाट विवादित विषयमा टुंगोमा पुग्ने अपेक्षा गरिएको छ ।

उपसभापति विमलेन्द्र निधिले बैठक सकारात्मक रुपमा अघि बढेको भन्दै आजको बैठकबाट समस्या समाधान हुने अपेक्षा गरेको बताए ।
‘आजको बैठकबाट समस्या समाधान हुने अपेक्षा नेताहरुले गर्नुभएको छ’ निधिले भने,‘हेरौं के हुन्छ ।’

गएको बैठकमा असन्तुष्ट पक्षले पुस ११ गतेको संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु प्रति आपत्ति जनाएको थियो ।

केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।

उक्त बैठकमा सभापति शेरबहादुर देउवाले २०७७ फागुनका लागि तय भएको महाधिवेशनको मिति बाहेकमा आफू कुराकानी गर्न र समस्या समाधानका लागि पछि हट्न सक्ने संकेत गरेका थिए ।

देउवाले असन्तुष्ट पक्ष हरेक विषयमा स्पष्ट नभएको भन्दै पहिलो स्पष्ट भएर आउन समेत आग्रह गरेका थिए ।

बूढानिलकण्ठ बैठकपछि विहीवार(हिजो) महामन्त्री डा शशांक कोइरालाको निवासमा बसेको संस्थापन इतरका नेताहरुको बैठकले संस्थापन पक्षसँग १४ औं महाधिवेशनको सुनिश्चितता, महाधिवेशन स्वच्छ र निष्पक्ष हुने वातावरण हुनुपर्ने लगायतका विषयमा अडान लिने लिने निर्णय गरेको थियो ।

संस्थाप पक्षले आफू खुसी र मनोमानी ढंगले क्रियाशील सदस्यता वितरण गर्ने भय असन्तुष्ट पक्षमा रहेको छ ।  नेता कल्याण गुरुङले क्रियाशील सदस्यको अन्तिम नामावली पारदर्शी रुपमा सार्वजनिक हुनुपर्ने बताए ।

‘महाधिवेशन स्वच्छ र मर्यादित हुनपर्छ, त्यसका लागि वडा तहको अधिवेशन अघि नै क्रियाशील सदस्यको नामावली पारदर्शी रुपमा सार्वजनिक हुनुपर्छ ।’

पौडेल सिटौला पक्षले क्रियाशील सदस्यता छानबिनका लागि विशेष समिति गठनको मागलाई समेत बैठकमा प्राथमिकताका साथ उठान गर्ने तयारी गरेको छ ।

त्यस्तै नेपाल विद्यार्थी संघको नेतृत्वमा पनि असन्तुष्ट पक्षले दावेदारी प्रश्तुत गरेको छ । सभापति देउवाले भ्रातृ संगठनहरुमा सम्मानजनक उपस्थिति हुनेगरि मिलाउने आश्वास यसअघि कै बैठकमा दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ११ : २५ बजे

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी