४० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्रको बिक्री खुला « Khabarhub

४० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्रको बिक्री खुला


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुत्रबारबाट ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्रको बिक्री खुला गरेको छ । ५ वर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार बचत पत्र २०८१ क, ख, ग बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वार्षिक १० प्रतिशतको दरमा ६/६ महिनामा व्याज भुक्तानी हुने उक्त बचत पत्र खरिदको लागि आउँदो चैत्र २१ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बचत पत्रको निष्काशन मिति माघ २७, फागुन २८ र चैत्र २७ गते तोकिएको छ । बचत पत्रको साँवा भुक्तानी मिति २०८१ को माघ २७, फागुन २८ र चैत्र २७ गते तोकिएको छ ।

राष्ट्र बैंकले बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान श्रीमती, छोरा, छोरी) मात्रको नाममा खरिद गर्न सक्ने जनाएको छ ।

घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म बचत पत्र खरिद गर्न सकिने छ । उक्त बचत धितो राखेर बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा समेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको खरिदको लागि सिटिजन्स् बैंक इण्टरनेशनल लिमिटेड, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिटका केद्रीय कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १ : ३७ बजे

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।