नारायणी नदीको ‘क्रुज’मा उपराष्ट्रपति पुनको यात्रा « Khabarhub

नारायणी नदीको ‘क्रुज’मा उपराष्ट्रपति पुनको यात्रा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गरेका छन् ।

क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो ।

भरतपुर महानगरपालिका–१६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पुर्‍याइएको छ । औपचारिक शुभारम्भअघि नै उपराष्ट्रपति पुनलाई परीक्षण शयर गराइएको हो ।

सो अवसरमा पुनकी धर्मपत्नी हस्तमाया पुनसहित उपराष्ट्रपतिको सचिवालयका कर्मचारीहरु पनि सहभागी भएका थिए ।

क्रुजको निरीक्षण र शयरपछि उपराष्ट्रपति पुनले खुशी व्यक्त गर्दै राम्रो कार्यको थालनी भएको प्रतिक्रिया दिए । पत्रकारको प्रश्नमा उनले भने , “राम्रो छ । राम्रो भइरहेको छ । अन्य कुरा पछि भनौला ।”

उपराष्ट्रपति पुनलाई क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुजका बारेमा जानकारी गराएका थिए ।

कँडेलका अनुसार क्रुज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख महिनाभित्रमा क्रुजलाई नियमित सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

क्रुजको भुइँतल्लामा ९०, पहिलो तल्लामा १०० जना बस्न मिल्ने सिट रहने छन् । कँडेलका अनुसार पहिलो तल्लाको अगाडिपट्टि र दोस्रो तल्लाको खुला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो तल्लामा १० वटा विशिष्ट व्यक्तिका लागि कुर्ची राखिने छ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।

क्रुजमा बिहानको खाजा खाँदै नदीमा शयर गर्न चाहनेले त्यसको मज्जा लिनेछन् । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि दिवा खाना नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए ।

काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि करीब तीन घण्टाको समय लाग्ने बताइएको छ ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ३९ बजे

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या