नारायणी नदीको ‘क्रुज’मा उपराष्ट्रपति पुनको यात्रा | Khabarhub Khabarhub

नारायणी नदीको ‘क्रुज’मा उपराष्ट्रपति पुनको यात्रा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गरेका छन् ।

क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो ।

भरतपुर महानगरपालिका–१६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पुर्‍याइएको छ । औपचारिक शुभारम्भअघि नै उपराष्ट्रपति पुनलाई परीक्षण शयर गराइएको हो ।

सो अवसरमा पुनकी धर्मपत्नी हस्तमाया पुनसहित उपराष्ट्रपतिको सचिवालयका कर्मचारीहरु पनि सहभागी भएका थिए ।

क्रुजको निरीक्षण र शयरपछि उपराष्ट्रपति पुनले खुशी व्यक्त गर्दै राम्रो कार्यको थालनी भएको प्रतिक्रिया दिए । पत्रकारको प्रश्नमा उनले भने , “राम्रो छ । राम्रो भइरहेको छ । अन्य कुरा पछि भनौला ।”

उपराष्ट्रपति पुनलाई क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुजका बारेमा जानकारी गराएका थिए ।

कँडेलका अनुसार क्रुज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख महिनाभित्रमा क्रुजलाई नियमित सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

क्रुजको भुइँतल्लामा ९०, पहिलो तल्लामा १०० जना बस्न मिल्ने सिट रहने छन् । कँडेलका अनुसार पहिलो तल्लाको अगाडिपट्टि र दोस्रो तल्लाको खुला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो तल्लामा १० वटा विशिष्ट व्यक्तिका लागि कुर्ची राखिने छ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।

क्रुजमा बिहानको खाजा खाँदै नदीमा शयर गर्न चाहनेले त्यसको मज्जा लिनेछन् । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि दिवा खाना नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए ।

काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि करीब तीन घण्टाको समय लाग्ने बताइएको छ ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ३९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले