किन उठ्ने बिहान सबेरै, यस्ता छन् फाइदा « Khabarhub

किन उठ्ने बिहान सबेरै, यस्ता छन् फाइदा


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भनिन्छ बिहान सबेरै उठ्दा आधा रोग त त्यसै पनि निको हुन्छ ।

अर्थात घाम झुल्किनु अघि उठ्दा हुने सकारात्मक भावले नै मानिसहरुमा आत्मवल समेत बढ्ने बताइन्छ । सुत्ने र उठ्ने तालिका नमिल्दा नै रोगै रोगको भय हुन्छ ।

यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै,   कैयौं खालका शारीरिक रोगहरुको चपेटामा समेत परिन्छ ।

बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् ।

दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेशनको सम्भावना पनि धेरै नै कम हुन्छ ।

शोधको नेतृत्व गरेका कोलोराडो बोल्डर युनिभर्सिटीका डाइरेक्टर सेलिन वेटरका अनुसार विहान छिटै उठ्नाले कैयौ स्वास्थ्य लाभ हुन सक्छ।

छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ । राती अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ ।

निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिप्रेशन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ ।

यी हुन् बिहान सबेरै उठ्नुका फाइदाः

१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ ।
२. बिहान चाडैं उठेर कसरत गर्दा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लडप्रेसरको समस्या निम्तिदैन ।

३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : १७ बजे

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई