अमेरिकी राष्ट्रपति ट्रम्प भारतका लागि प्रस्थान | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्प भारतका लागि प्रस्थान


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलिनियाका साथ दुई दिने राजकीय भ्रमणमा आज भारत आउँदैछन्।

त्यसका लागि ट्रम्प अमेरिकाबाट भारत प्रस्थान गरिसकेका छन । उनी विहान ११ बजेर ४० मिनेटमा नयाँ दिल्ली आइपुग्नेछन् । ट्रम्पको स्वागतका लागि भारत सरकार उत्सुक रहेको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताएका छन्।

कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात पुग्नेछन्।

अहमदावादको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम मोटेरा स्टेडियममा डिजाइन गरिएको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा उनी सहभागी हुनेछन् ।

यद्यपि भारतीय सञ्चारमाध्यमका अनुसार ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्नेछन्।

सावरमती आश्रममा भेट गरेपछि नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनेछन्।

नमस्ते ट्रम्पको अवधारणा गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमको जस्तै रहेको पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ।

भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली आउनेछन्। भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाका अनुसार मंगलबार हैदरावाद हाउसमा मोदी र ट्रम्पबीच प्रतिनिधिमण्डलबीच रक्षा र व्यापार लगायतका मुद्दामा व्यापक छलफल हुनेछ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन्।

यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओवामाले २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए। ओवामा आफ्नो दुवै कार्यकालमा भारत आएका थिए।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : ४७ बजे

पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे

खडेरीका कारण पानी नपरेर सास्ती भोग्नुपरेपछि स्थानीयबासीले हेटौंडामा भ्यागुताको बिहे

चिया निर्यातमा भारतीय अवरोध हट्यो  

झापा– भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न उच्च अदालतको आदेश

काठमाडौं– उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत

डोटीमा ट्यांकरको ठक्करबाट पतिको मृत्यु, पत्नी गम्भीर घाइते

कैलाली- कैलालीबाट अछामतर्फ गइरहेको मोटरसाइकल डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बुधबार

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई