प्रहरी बर्दीमै ‘टिकटक’ बनाएपछि पतिपत्नीलाई बोलाइयो रानीपोखरी « Khabarhub

प्रहरी बर्दीमै ‘टिकटक’ बनाएपछि पतिपत्नीलाई बोलाइयो रानीपोखरी


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी बर्दीमै पस्तोल देखाएर टिकटक बनाउने सई रत्नबहादुर थापालाई रानीपोखरी बोलाइएको छ ।

भक्तपुरमा कार्यरत प्रहरी सई थापा र उनकी श्रीमतीले बर्दीमै टिकटक बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीहरुमाथि आवश्यक छानविनसहित कारबाहीका लागि रानीपोखरी कार्यालय बोलाइएको डिआइजी विश्वराज पोखरेलले बताए ।

सई थापाले भने आफूले टिकटक नै नचलाउने गरेको बताए पछि टिकटकमा उनी प्रहरी पोशाकमै देखिएका छन् । अर्को एउटा टिकटकमा उनकी श्रीमतीले पेस्तोल समातेर टिकटक बनाएकी छिन् ।

दुवै टिकटक भिडियो दिलुमगर९१ अकाउन्टबाट सार्वजनिक भएका हुन् । एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडियोमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।

भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापालाई रानीपोखरी झिकाइएपछि उनको ठाउँमा महानगरमा कार्यरत सई राजु प्रसाईंलाई पठाइएको रानीपोखरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : २३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।