प्रहरी बर्दीमै ‘टिकटक’ बनाएपछि पतिपत्नीलाई बोलाइयो रानीपोखरी | Khabarhub Khabarhub

प्रहरी बर्दीमै ‘टिकटक’ बनाएपछि पतिपत्नीलाई बोलाइयो रानीपोखरी


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी बर्दीमै पस्तोल देखाएर टिकटक बनाउने सई रत्नबहादुर थापालाई रानीपोखरी बोलाइएको छ ।

भक्तपुरमा कार्यरत प्रहरी सई थापा र उनकी श्रीमतीले बर्दीमै टिकटक बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीहरुमाथि आवश्यक छानविनसहित कारबाहीका लागि रानीपोखरी कार्यालय बोलाइएको डिआइजी विश्वराज पोखरेलले बताए ।

सई थापाले भने आफूले टिकटक नै नचलाउने गरेको बताए पछि टिकटकमा उनी प्रहरी पोशाकमै देखिएका छन् । अर्को एउटा टिकटकमा उनकी श्रीमतीले पेस्तोल समातेर टिकटक बनाएकी छिन् ।

दुवै टिकटक भिडियो दिलुमगर९१ अकाउन्टबाट सार्वजनिक भएका हुन् । एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडियोमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।

भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापालाई रानीपोखरी झिकाइएपछि उनको ठाउँमा महानगरमा कार्यरत सई राजु प्रसाईंलाई पठाइएको रानीपोखरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : २३ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका