काठमाडौं उपत्यकामा सवारी दुर्घटना ३ जनाको मृत्यु | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा सवारी दुर्घटना ३ जनाको मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर र भक्तपुरमा भएका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरको बालकुमारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राई रहेको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनाका गम्भिर घाइते भएका दुबैको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै भक्तपुर नगरपालिका–९, च्यामासिंहमा आइतबार साँझ ट्रकको ठक्करबाट एक  बालकको मृत्यु भएको छ ।

बा ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट घाइते भक्तपुर नगरपालिका–१०, कमलविनायकका ११ वर्षीय तिलक मकाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : २१ बजे

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई