प्रधानमन्त्रीलाई प्रश्न : देशको नक्सालाई केक बनाएर काट्दा हात कामेनन् ? « Khabarhub

प्रधानमन्त्रीलाई प्रश्न : देशको नक्सालाई केक बनाएर काट्दा हात कामेनन् ?


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार(हिजो) आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेर तामझामका साथ मनाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले राजसी ठाँटले जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले आठराई पुगेर काटेको केक नेपालको नक्सा अंकित रहेको र नेपाललाई काटेर खाएको भन्दै सामाजिक सञ्जालमा आलोचना र बहस भइरहेको छ ।

प्रधानमन्त्रीले केक काटेको विषयमा समर्थन गर्नेले भने भारत, अमेरिका, चीन लगायतका देशका प्रमुखहरुले ती देशका नक्शा र झण्डा अंकित केक काटेर जन्मदिन मनाएको तस्वीर सामाजिक सञ्जालमा राखिरहेका छन् ।

प्रधानमन्त्री चार वटा हेलिकोप्टर लिएर आठ राइ पुगेको र १५ किलोको केट काटिएको विषय पनि चर्चामा रहेको छ ।

ओलीको जन्मदिनको अवसर पारेर आठराई गाउँपालिकाले विदा दिएको विषयमा सामाजिक सञ्जालमा आक्रोश पोख्नेको संख्या पनि कम छैन ।

नेकपाले गत माघमा पार्टी नेता–कार्यकर्ताका लागि जारी गरेको आचारसंहिताको धज्जी स्वयं अध्यक्षले नै उडाएको भन्दै नेकपाका कार्यकर्ताहरुले समेत नेतृत्वको आलोचना गरेका छन् ।

नेकपाले जन्मदिन, पास्नी, व्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरभित्रै सिमित गर्न र तडकभडक नगर्न दिर्नेशन जारी गरेको थियो तर अध्यक्षकै जन्मदिन तामझामका साथ गरिएको भन्दै आलोचना भएको हो ।

कसले के लेखे ?

वाम विश्लेषकसमेत रहेका मुमाराम खनालले सामाजिक सञ्जालमा लेखेका छन्– नेपालको नक्सालाई जन्मदिनको केक बनाउने हात कामेनन् । देशको नक्सालाई केक बनाएर काट्ने हात पनि कामेनन् । न त कामे नेताका हातहरु न कार्यकर्ताका ।

यस्तो देखेर लाज मान्ने र मुटु कमाउने त हामी निरीह नागरिक मात्र हौं ।

राप्रपाका नेता राजेन्द्र लिङ्देन लेख्छन्– देशका प्रधानमन्त्रीको जन्मदिनमा काटिने केक अरु केही नपाएर नेपालकै नक्सा बनाएर काटेर खाने व्यवस्था मिलाउने महान परिकल्पनाकार चाँही को चक्रा चक्र मध्ये पर्नुभो ?

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : २३ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको