प्रधानमन्त्रीलाई प्रश्न : देशको नक्सालाई केक बनाएर काट्दा हात कामेनन् ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई प्रश्न : देशको नक्सालाई केक बनाएर काट्दा हात कामेनन् ?


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार(हिजो) आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेर तामझामका साथ मनाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले राजसी ठाँटले जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले आठराई पुगेर काटेको केक नेपालको नक्सा अंकित रहेको र नेपाललाई काटेर खाएको भन्दै सामाजिक सञ्जालमा आलोचना र बहस भइरहेको छ ।

प्रधानमन्त्रीले केक काटेको विषयमा समर्थन गर्नेले भने भारत, अमेरिका, चीन लगायतका देशका प्रमुखहरुले ती देशका नक्शा र झण्डा अंकित केक काटेर जन्मदिन मनाएको तस्वीर सामाजिक सञ्जालमा राखिरहेका छन् ।

प्रधानमन्त्री चार वटा हेलिकोप्टर लिएर आठ राइ पुगेको र १५ किलोको केट काटिएको विषय पनि चर्चामा रहेको छ ।

ओलीको जन्मदिनको अवसर पारेर आठराई गाउँपालिकाले विदा दिएको विषयमा सामाजिक सञ्जालमा आक्रोश पोख्नेको संख्या पनि कम छैन ।

नेकपाले गत माघमा पार्टी नेता–कार्यकर्ताका लागि जारी गरेको आचारसंहिताको धज्जी स्वयं अध्यक्षले नै उडाएको भन्दै नेकपाका कार्यकर्ताहरुले समेत नेतृत्वको आलोचना गरेका छन् ।

नेकपाले जन्मदिन, पास्नी, व्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरभित्रै सिमित गर्न र तडकभडक नगर्न दिर्नेशन जारी गरेको थियो तर अध्यक्षकै जन्मदिन तामझामका साथ गरिएको भन्दै आलोचना भएको हो ।

कसले के लेखे ?

वाम विश्लेषकसमेत रहेका मुमाराम खनालले सामाजिक सञ्जालमा लेखेका छन्– नेपालको नक्सालाई जन्मदिनको केक बनाउने हात कामेनन् । देशको नक्सालाई केक बनाएर काट्ने हात पनि कामेनन् । न त कामे नेताका हातहरु न कार्यकर्ताका ।

यस्तो देखेर लाज मान्ने र मुटु कमाउने त हामी निरीह नागरिक मात्र हौं ।

राप्रपाका नेता राजेन्द्र लिङ्देन लेख्छन्– देशका प्रधानमन्त्रीको जन्मदिनमा काटिने केक अरु केही नपाएर नेपालकै नक्सा बनाएर काटेर खाने व्यवस्था मिलाउने महान परिकल्पनाकार चाँही को चक्रा चक्र मध्ये पर्नुभो ?

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : २३ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको