पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ | Khabarhub Khabarhub

पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षणका लागि पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ परेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली सोमबार गण्डकी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका थिए ।

ओली पोखरा आउने सूचना पाएपछि समाजवादी पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाउने कार्यक्रम राखेका थिए ।

ओलीलाई कालो झण्डा देखाउ पोखरा सभागृह गेट अगाडि जम्मा भएर नाराबाजी गरिरहेकालाई पक्राउ गरिएको हो ।

नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिका अनुसार ओली सोमबार पोखरा पुगेका हुन् । सोमबार र मंगलबार गरी २ दिन चल्ने प्रशिक्षण कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ५६ बजे

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड हुँदै 

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको

टी-२० अभ्यास: साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिम टी-२० अभ्यास

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक

बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने

काठमाडौं– चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर

जापानिज इन्सेफलाइटिसबाट १०३ जना सङ्क्रमित

काठमाडौं– मुलुकमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग