ट्रम्पको सुरक्षाका लागि खटाइयो ५ वटा लंगुर « Khabarhub

ट्रम्पको सुरक्षाका लागि खटाइयो ५ वटा लंगुर


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने राजकीय भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई अहमदाबाद एयरपोर्टमा स्वागत गरे । पत्नी मेलानिया र छोरी इवांकाका साथ भारत भ्रमणमा आएका ट्रम्पको सुरक्षाका लागि भारत सरकारले विशेष व्यवस्था गरेको छ ।

ट्रम्पको सुरक्षाका लागि मात्रै प्रत्यक्ष रुपमा १ लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ । ट्रम्पको भ्रमणका दौरान सुरक्षा व्यवस्थापनमा मात्रै भारत सरकारले १ अर्ब भारतीय रुपैयाँ भन्दा बढी खर्च हुने जनाएको छ ।

सुन्दा अचम्म लाग्ला, ट्रम्पको सुरक्षाका लागि आधुनिक हतियारले सु–सज्जित सुरक्षाकर्मी मात्रै हैन, लंगुर (ढेडु) पनि परिचालन हुनेछन् ।

भारत सरकारले राष्ट्रपति ट्रम्पको सुरक्षाका लागि ५ वटा लंगुर परिचालन गर्ने भएको छ ।

ट्रम्पले आग्रास्थित ताजमहलको भ्रमण (अवलोकन) गर्ने क्रममा ती लंगुरहरुलाई परिचालन गरिने जनाइएको छ ।

भारतको आग्रा शहर देशकै सबैभन्दा बढी बाँदर आतंक हुने ठाउँको रुपमा चिनिन्छ । ताज महलमा पनि बाँदरले उत्पात मच्चाउने गर्छन् ।

तिनै बाँदरका कारण उत्पन्न हुने सुरक्षा चुनौतीको सामना गर्न भारत सरकारले ५ वटा लंगुरलाई सुरक्षाका लागि परिचालन गर्न लागेको हो ।

लंगुरलाई देखेपछि बाँदरहरु भाग्ने गर्छन् । ठूलो संख्यामा मानवीय जनशक्ति परिचालन गर्दा पनि बाँदर भगाउन नसकिएपछि सरकारले लंगुर परिचालन गरेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १ : २३ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित