सरकारी कागजात कीर्ते गर्ने चार जना पक्राउ « Khabarhub

सरकारी कागजात कीर्ते गर्ने चार जना पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले सरकारी कागजात कीर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीर्ते  गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रमेश, प्रकाश र जनकले सरकारी कागजात ललितपुर महानगरपालिका–१९ लगनखेलमा रहेको शिरबाबुको एलपी छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ परेकासँग नक्कली छाप, कम्युटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प बरामद गरेको छ । पक्राउ परेकालाई सरकारी छाप कीर्ते  मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : २९ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको