सरकारी कागजात कीर्ते गर्ने चार जना पक्राउ « Khabarhub

सरकारी कागजात कीर्ते गर्ने चार जना पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले सरकारी कागजात कीर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीर्ते  गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रमेश, प्रकाश र जनकले सरकारी कागजात ललितपुर महानगरपालिका–१९ लगनखेलमा रहेको शिरबाबुको एलपी छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ परेकासँग नक्कली छाप, कम्युटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प बरामद गरेको छ । पक्राउ परेकालाई सरकारी छाप कीर्ते  मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : २९ बजे

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र