मेरो जीत नै जनताको जीत हो : महरा | Khabarhub Khabarhub

मेरो जीत नै जनताको जीत हो : महरा


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- पूर्व सभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकता रहेको बताएका छन् ।

दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले भने, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।”

उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने प्रतिवद्धता जनाए ।

“नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो”, उनले भने, “त्यसकालागि म सधै लडिरहनेछु ।”

बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएपछि उनी पहिलो पटन गृहजिल्ला पुगेका हुन् । उनी गृह जिल्ला पुग्दा विभन्न स्थानमा उनको स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ३० बजे

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

तेहरान – इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले आज एक थान कटुवा पिस्तोल र सोको दुई