कोरोनाभाइरसको प्रभाव इटालीपछि स्पेनमा, एकै दिन ५३९ को मृत्यु « Khabarhub

कोरोनाभाइरसको प्रभाव इटालीपछि स्पेनमा, एकै दिन ५३९ को मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ ।

युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इटालीमा पछिल्लो २४ घण्टामा ६ सय १ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ७७ रहेको छ भने संक्रमितको संख्या ६३ हजार ९ सय २७ पुगेको छ ।  जसमा एकै दिन ४ हजार ७ सय ८९ नयाँ संक्रमित देखिएका हुन् ।

त्यसैगरी  स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार तीन सय ११ पुगेको छ । जहाँ एकै दिनमा ५ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा आइतबार एकैदिन तीन सय ९४ जनाको भाइरसको सङ्क्रमणबाट ज्यान गएको थिए ।

स्पेनमा सङ्क्रमितमध्ये तीन हजार तीन सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने दुई हजार तीन सय ५५ जनाको अवस्था गम्भीर छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गएको शनिबार यो महामारीसँग लड्न सरकार जे आवश्यक पर्छ त्यो गर्ने बताएका छन् । उनले नागरिकहरुलाई सचेत गराउँदै भनेका थिए, ‘अझै खराब समय आउन बाँकी छ ।’

स्पेनमा कोरोना भाइरससँग लड्नका लागि आपत्काल घोषणा गरिएको छ । गएको १५ मार्चमा लगाइएको आपत्काल अझै बढाउने योजना छ ।

स्पेनको राजधानी मड्रिड कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । स्पेनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण गएको जनवरी ३१ तरिखमा देखिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ५८ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार