कोरोनाभाइरसः इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु « Khabarhub

कोरोनाभाइरसः इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा ६ सय १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएसँगै  ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ ।

इटलीमा गत हप्ता शनिबार एकै दिन सबैभन्दा धेरै ७ सय ९३ को मृत्यु भएको थियो । आइतबार यो घटेर ६ सय ५१ पुगेको थियो भने सोमबार ६ सय १ जनाको मृत्यु भएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा गम्भी अवस्था सिर्जना भएको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ ।

३ लाख ७८ हजार ४ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये १ लाख १ हजार ६ सय ८ जना निको भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ०६ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण