कैलालीको गौरीफन्टा नाकामा तनाव « Khabarhub

कैलालीको गौरीफन्टा नाकामा तनाव


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ ।

सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो ।

मंगलबार बिहान करिब ७ बजेतिर ठूलो संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन ।

नाकाबाट प्रवेश गर्न खोज्नेहरुलाई अहिले दशगजा क्षेत्र (कञ्चनपुरको डोकेबजार)तर्फ धकेलिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो भने सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ३९ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय