कोरोनाको कहरका बीच ओलम्पिक अन्योलता « Khabarhub

कोरोनाको कहरका बीच ओलम्पिक अन्योलता


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यतिबेला विश्व नै नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीसँग लडिरहेको छ । यसबाट खेलकुद पनि प्रभावीत बनेको छ ।

अधिकाशं खेलकुद प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भइसकेका छन् । यसै वर्ष विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको पनि साइत परेको छ ।

जुलाई २४ देखि अगस्ट ९ सम्म जापानको टोकियोमा आयोजना हुने तय भएको ओलम्पिक भने निर्धारित समयमै हुने वा मिति सार्ने भन्ने अन्योलमा रुमलिरहेको छ ।

ओलम्पिकमा सफल मध्येको क्यानडा र अस्ट्रेलियाले मिति नसारे आफ्नो खेलाडी नपठाउने भन्दै धम्की दिइसकेको छ । तर, आयोजक जापान तत्काल मिति सार्ने योजनामा देखिएको छैन् ।

यद्यपी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले पनि मिति सार्ने बारे निर्णय गर्न अझै ४ हप्ताको समय लाग्ने स्पष्ट पारिसकेको छ । आईओसीले ‘सिनारियो’ अनुसार सार्ने निर्णय हुने बताएको छ ।

यसअघि दुई पटक विन्टर ओलम्पिक र एक पटक समर ओलम्पिक आयोजना गरिसकेको जापान दोस्रो पटक समर ओलम्पिकको तयारीमा छ ।

पछिल्लो ४ वर्षदेखि ओलम्पिकको गृहकार्यमा रहेको जापानले तयारी अन्तिम अवथामा पुगेको जानकारी दिइसकेको छ ।

कोरोना भाइरस विश्वभर महामारीका रुपमा फैलँदा जापान पनि यसबाट अछुतो रहन सकेन ।

कोरोनाकै कारण अहिले विश्व खेलकुद ठप्प छ । ओलम्पिकका तयारीहरु पनि हुन सकेका छैनन् । यस्तैमा कतै ओलम्पिक रद्ध हुनेत होइन भन्न्ो आशंका पनि उब्जिन थालेको छ ।

यसअघि विश्वयुद्धका कारण ओलम्पिक ३ पटक सरेको छ । यसअघि तीन पटक रद्ध भएको ओलम्पिक यसपटक पनि रद्ध हुने अवस्थामा छैन ? विश्व युद्ध पछि पनि विभिन्न समयमा स्वास्थ्यसँग सम्बन्धित रोगहरुले ओलम्पिकको समयमा फैलिएका थिए । तर, ओलम्पिक निरन्तर हुँदै आएको थियो ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनाले डेढ सयभन्दा बढी मुलुकमा असर गरिसकेको छ । यसबाट हजारौंको संख्यामा मानिसहरुले ज्यान गुमाइ पनि सकेका छन् भने लाखौंको संख्यामा सक्रमीत भेटिएका छन् ।

यस्तो,अवस्थामा आईओसीले भने अहिलेसम्म ओलम्पिक सार्ने वा रद्ध हुने भन्ने कुनै प्रतिक्रिया दिएको छैन् ।

तर, आईओसीका सदस्यहरुले ओलम्पिक रद्ध नहुने बरु केही महिना अथवा एक वर्ष नै सर्ने सम्भावना रहेको बताउँदै आएका छन् ।

आईओसीका सदस्य डिक पोन्डले एक वर्षका लागि ओलम्पिक सर्ने बताएका छन् । उनले कोरोना भाइरसका कारण टोकियो ओलम्पिक १ वर्ष सर्ने लगभग निश्चित रहेको बताएका छन् ।

‘सूचनाका आधार भन्नु पर्दा आईओसी ओलम्पिक गेम सार्ने योजनामा रहेको छ,’ उनले युएइसए टुडेसँग भनेका छन, ‘अहिलेको अवस्थामा भन्न सकिदैन

पोण्डले क्यानडा र अस्ट्रेलिया जापानमा अहिले खेल्न तयार नभएको उल्लेख गरेका छन् । उनले अहिलेको मितीबाट ओलम्पिक सारेर अस्ट्रेलिया र क्यानडालाई पनि खेल्ने गरि मिती घोषणा गर्ने जनाएका छन् ।

क्यानडाले २०२१ मा सार्न यसअघि नै भनिसकेको छ । वल्ड एथलेटिक्सका अध्यक्ष लर्ड कोइले पनि टोकियो ओलम्पिक सार्ने प्रस्ताव गरिसकेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : २७ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय