‘लकडाउन’ उल्लंघन हुन नदिन गुल्मीमा निषेधाज्ञा « Khabarhub

‘लकडाउन’ उल्लंघन हुन नदिन गुल्मीमा निषेधाज्ञा


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी –  कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लकडाउन’ गरे पनि त्यसको उल्लंघन हुन सक्ने आकलनपछि गुल्मी प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

‘लकडाउन’ उल्लंघन गर्दै मानिसहरु घरबाहिर निस्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारको निर्णय कडाइका साथ कार्यान्वयन  गर्न जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० अनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

यो समयावधिभर आपत्कालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न समेत गुल्मी प्रशासनले बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।

निषेधाज्ञा उल्लंघन भए संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद गरिने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै