‘लकडाउन’ उल्लंघन हुन नदिन गुल्मीमा निषेधाज्ञा « Khabarhub

‘लकडाउन’ उल्लंघन हुन नदिन गुल्मीमा निषेधाज्ञा


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी –  कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लकडाउन’ गरे पनि त्यसको उल्लंघन हुन सक्ने आकलनपछि गुल्मी प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

‘लकडाउन’ उल्लंघन गर्दै मानिसहरु घरबाहिर निस्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारको निर्णय कडाइका साथ कार्यान्वयन  गर्न जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० अनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

यो समयावधिभर आपत्कालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न समेत गुल्मी प्रशासनले बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।

निषेधाज्ञा उल्लंघन भए संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद गरिने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : २८ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको