लकडाउनको आदेश कार्यान्वयन गर्न काठमाडौंमा ९ हजार प्रहरी परिचालन « Khabarhub

लकडाउनको आदेश कार्यान्वयन गर्न काठमाडौंमा ९ हजार प्रहरी परिचालन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी १ हप्ताको लागि सम्पूर्ण देशभरी निषेधाज्ञा (लकडाउन)को आदेश जारी गरेको छ ।

सरकारले जारी गरेको निषेधाज्ञाको आदेशानुसार कुनै पनि व्यक्तिले अत्यावश्यक काम बाहेकको स्थितिमा घर बाहिर निस्किन पाउँदैनन् । विना काम घर बाहिर निस्किने व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरी कारबाही अगाडि बढाउन सक्छन् ।

सरकारले जारी गरेको लकडाउनको आदेशका कारण अहिले संघीय राजधानी काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरहरु प्राय सुनसान छन् । यसअघि सवारी साधनको उच्च चाप हुने सडकहरुमा अहिले फाट्ट फुट्ट मात्रै गाडीहरु गुडिरहेका छन् ।

सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न काठमाडौं उपत्यकामा मात्रै ९ हजारको संख्यामा परिचालन भएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले अहिलेसम्म लकडाउनको आदेश पूर्ण रुपमा कार्यान्वयन भएको जानकारी दिए ।

‘अहिलेसम्मको अवस्थामा लकडाउनको आदेश पूर्ण रुपमा कार्यान्वयन भएको छ,’ डीआईजी पोखरेलले भने, ‘पूर्व सूचना नपाएका केही सर्वसाधारण सडकमा आउनुभएको छ । हामीले उहाँहरुलाई सम्झाइ बुझाइ गरेर फर्काएका छौं ।’

डीआईजी पोखरेलले अहिलेसम्म लकडाउन आदेशको उल्लंघन गरेको आरोपमा कोही पक्राउ नपरेको बताए । ‘पहिले नै सूचना नभएको व्यक्तिहरु सडकमा आइरहनु भएको छ, यसलाई आदेश उल्लंघनको रुपमा लिएका छैनौं । उहाँहरुले सम्झाइ बुझाइ गर्दा मान्नुभएको छ,’ डीआईजी पोखरेल भन्छन् ।

अत्यावश्यक काम परेको अवस्थामा स्थानीयहरुले आफू नजिकको प्रहरीसँग समन्वय गरेर बाहिर निस्किन सक्ने डीआईजी पोखरेलको भनाइ छ । ‘अति नै जरुरी काम प¥यो, अथवा कसैको घरमा कोही आफन्तजन बिरामी परे भने प्रहरीलाई खबर गर्दा हुन्छ,’ डीआईजी पोखरेल भन्छन्, ‘प्रहरी कन्ट्रोल १०० नम्बरमा फोन गर्दा हामीले नै उद्दार गरिदिन्छौं । नभए उहाँहरुले नजिकको प्रहरी कार्यालयसँग समन्वय गर्न सक्नुहुन्छ ।’

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : २६ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने