दीपकराज गिरी भन्छन् – मानसिक समस्या देखिन सक्छ, प्राणायाम र योगा सिक्नुस् « Khabarhub

दीपकराज गिरी भन्छन् – मानसिक समस्या देखिन सक्छ, प्राणायाम र योगा सिक्नुस्


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला सरकारले गरेको ‘लकडाउन’ ले गर्दा कलाकारहरु फुर्सदमा छन् । कतिले घरमा परिवारका साथ समय बिताइरहेका छन् भने कतिले अन्य काम गरिरहेका छन् । अभिनेता दीपकराज गिरी पनि सेल्फ क्वारेनटाइनमा बसेका छन् ।

यता घरमा बस्दा आत्तिनेहरुका लागि दीपकराज गिरीले योगा र प्राणायाम सिक्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घरमा एकछिन बस्न नसक्ने, चञ्चल मन भएका मान्छेहरुलाइृ विस्तारै मानसिक समस्या उत्पन्न हुन सक्छ ।’

गिरीले मानसिक समस्या उत्पन्न हुनसक्ने भन्दै ध्यान गर्न सुझाव दिएका हुन् ।

‘युट्युबमा जानुस् प्राणायाम र योग सिकनुस्, शरीरलाई लाग्ने कोरोनालाई लकडाउन,’ गिरी लेख्छन्, ‘मन र मष्तिष्कमा लाग्ने कोरोनालाई बसाल्नुस् र योगा गर्नुस् ।’

सरकारले मंगलवारदेखि कोरोना भाइरसको संक्रमण कम होस् भनेर देशैभर निषेधाज्ञा जारी गरेको छ । सरकारले गरेको निषेधाज्ञाले गर्दा धेरै नेपाली घरमै थन्किएर बसेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ५८ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले