दीपकराज गिरी भन्छन् – मानसिक समस्या देखिन सक्छ, प्राणायाम र योगा सिक्नुस् | Khabarhub Khabarhub

दीपकराज गिरी भन्छन् – मानसिक समस्या देखिन सक्छ, प्राणायाम र योगा सिक्नुस्


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला सरकारले गरेको ‘लकडाउन’ ले गर्दा कलाकारहरु फुर्सदमा छन् । कतिले घरमा परिवारका साथ समय बिताइरहेका छन् भने कतिले अन्य काम गरिरहेका छन् । अभिनेता दीपकराज गिरी पनि सेल्फ क्वारेनटाइनमा बसेका छन् ।

यता घरमा बस्दा आत्तिनेहरुका लागि दीपकराज गिरीले योगा र प्राणायाम सिक्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घरमा एकछिन बस्न नसक्ने, चञ्चल मन भएका मान्छेहरुलाइृ विस्तारै मानसिक समस्या उत्पन्न हुन सक्छ ।’

गिरीले मानसिक समस्या उत्पन्न हुनसक्ने भन्दै ध्यान गर्न सुझाव दिएका हुन् ।

‘युट्युबमा जानुस् प्राणायाम र योग सिकनुस्, शरीरलाई लाग्ने कोरोनालाई लकडाउन,’ गिरी लेख्छन्, ‘मन र मष्तिष्कमा लाग्ने कोरोनालाई बसाल्नुस् र योगा गर्नुस् ।’

सरकारले मंगलवारदेखि कोरोना भाइरसको संक्रमण कम होस् भनेर देशैभर निषेधाज्ञा जारी गरेको छ । सरकारले गरेको निषेधाज्ञाले गर्दा धेरै नेपाली घरमै थन्किएर बसेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ५८ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड