क्रिस्चियन बने कोरोना नलाग्ने भन्दै भ्रम छर्ने पास्टर पक्राउ | Khabarhub Khabarhub

क्रिस्चियन बने कोरोना नलाग्ने भन्दै भ्रम छर्ने पास्टर पक्राउ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– क्रिस्चियन (इसाई) धर्मावलम्वीहरुलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुँदैन भन्दै भ्रम फैलाउने एक जना पास्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला घर भइ हाल पोखरा महानगरपालिका–२१ बस्दै आएका केशवराज आचार्य छन् ।

आचार्यले पोखराको पावर हाउस क्षेत्रमा प्रशस्त कटनी मण्डली नामक चर्च सञ्चालन गर्दै आइरहेका छन् ।

प्रभु यशुका अनुयायीहरुलाई कोरोना भाइरसले नछुने भन्दै प्रवचन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । आचार्यले यसअघि पनि विभिन्न रोग भएका व्यक्तिलाई आफूले फुकेर निको बनाइदिने भन्दै भ्रम छर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीले संक्रामक रोगबारे अफवाह फैलाएको अभियोगमा आचार्यलाई पक्राउ गरिएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १ : ०२ बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्