क्रिस्चियन बने कोरोना नलाग्ने भन्दै भ्रम छर्ने पास्टर पक्राउ « Khabarhub

क्रिस्चियन बने कोरोना नलाग्ने भन्दै भ्रम छर्ने पास्टर पक्राउ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– क्रिस्चियन (इसाई) धर्मावलम्वीहरुलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुँदैन भन्दै भ्रम फैलाउने एक जना पास्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला घर भइ हाल पोखरा महानगरपालिका–२१ बस्दै आएका केशवराज आचार्य छन् ।

आचार्यले पोखराको पावर हाउस क्षेत्रमा प्रशस्त कटनी मण्डली नामक चर्च सञ्चालन गर्दै आइरहेका छन् ।

प्रभु यशुका अनुयायीहरुलाई कोरोना भाइरसले नछुने भन्दै प्रवचन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । आचार्यले यसअघि पनि विभिन्न रोग भएका व्यक्तिलाई आफूले फुकेर निको बनाइदिने भन्दै भ्रम छर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीले संक्रामक रोगबारे अफवाह फैलाएको अभियोगमा आचार्यलाई पक्राउ गरिएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १ : ०२ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६