लुपस नामक रोगबाट ग्रस्त थिए भरतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका बिरामी « Khabarhub

लुपस नामक रोगबाट ग्रस्त थिए भरतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका बिरामी


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामी पहिलेदेखि नै लुपस नामक रोगले ग्रस्त रहेको पाइएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका पर्साको वीरगन्ज–३० घर भएका सन्तोष यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि आइतबार राति भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा नै उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

भरतपुर कोरोना विशेष अस्पतालले एक विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेका थिए ।

अस्पतालले उनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आशंका गर्दै स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला पठाएको थियो । तर, उनको रिपोर्ट भर्न आइसकेको छैन ।

कोरोना परीक्षणको रिपोर्ट नआएका कारण मृतक यादवको शव हाल विशेष अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  २ : ११ बजे

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी