कान्ति अस्पतालमा भर्ना भएका एक बालकको कोरोना भाइरस परीक्षण नेगेटिभ « Khabarhub

कान्ति अस्पतालमा भर्ना भएका एक बालकको कोरोना भाइरस परीक्षण नेगेटिभ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको आशंकामा कान्ति बाल अस्पताल को आइसोलेसनमा आइतबार भर्ना भएका एक बालकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 

अस्पतालले सोमबार बालकको स्याम्पल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र आज बिहान रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले जनाकारी दिए ।

डा पौडेलका अनुसार बालकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि बालकलाई निमोनिया देखिएकाले आइसोलेसन वार्डबाट अन्य वार्डमा सिफ्ट गरेर निमोनियाको उपचार गरिएको छ ।

बालकको बुबा केही समयअघि दुवईबाट आएको र बुबासँग सम्पर्कमा रहेपछि बालकलाई स्वास्थ्य समस्या देखिएको भन्दै उनीहरु अस्पतालमा आएका थिए । बालकको उमेर ४ वर्षको रहेको छ ।

डा पौडेलेका अनुसार कोरोनाको आशंकामा नै कान्ति बाल अस्पपताको आइसोलेसनमा ४ जना  रहेका छन् । 

उनीहरुमध्ये २ जना सोमबार अस्पताल भर्ना भएका थिए । उनीहरुको कोरोना परीक्षणको रिपोर्ट आज साँझसम्म आउने पौडेलको भनाइ छ ।

 यस्तै कोरोनाकै आशंकामा अन्य दुईजना थपिएका छन् उनीहरुको भने थ्रोड स्वाब संकलन गर्न बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  २ : ५३ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६