गीतमार्फत कोरोनासमबन्धी जनचेतना फैलाउँदै कलाकार (भिडियो) « Khabarhub

गीतमार्फत कोरोनासमबन्धी जनचेतना फैलाउँदै कलाकार (भिडियो)



“संसारभरि दसौँ हजार मान्छे मरिरा’छ

अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ

डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ

यो बेलामा हामी सबै सचेत बन्नुपर्छ

आउँदैछ कोरोना भाइरस

विश्वभर आतङ्क छाइरहा’छ….”

विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन् ।

आजदेखि अत्यावश्यक सेवाबाहेक बन्द ‘लकडाउन’ जारी गरेकाले मानिसहरु घरमा परिवारसहित बजेर मनोरञ्जन लिँदै हेर्न मिल्ने यस्ता कोरोना विरोधी सचेतनामूलक गीतहरु युट्युब र सामाजिक सञ्जालमा छाउन थालेका छन् ।

चीनको हुवान प्रान्तबाट फैलिएको यो भाइरसबारे शुरुमा आम नेपालीले धेरै बुझेका थिएनन् । पछि विश्वव्यापी सङ्क्रमण भएपछि सञ्चारमाध्यमबाट यसको जोखिम र असरका बारेमा चाल पाए । नेपाल टेलिकमको ‘रिङ ब्याक टोन’ का माध्यमबाट पनि धेरै मानी सचेत भएका थिए । यी गीतहरुले कोरोना भाइरसलाई अझ सरलरुपमा बुझाएको छ भने यसबाट बच्ने तरिकालाई जनहितमा गीति शैलीमा प्रस्तुत गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका लागि गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको यो गीमा नरेश खाती र एनिला चौहानको स्वर र गोमा परिवारको शब्द रहेको छ भने कलाकार कोमल वली, दीपाश्री निरौला, बद्री पंज्ञेनी, रमेश बिसी, पशुपति शर्मा, पत्रकार ऋषि धमला आदिले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

“अङ्कमाल हात मिलाउन आजैबाट छोडौँ

भेटघाट हुँदा नमस्कार गर्दै हात जोडौँ

स्वस्थ्य बन्न सक्छौँ आफ्नै आनी र बानीले

माक्स लगाउ हात धोउ हजुर साबुन र पानीले

डराउनैपर्ने त छैन है

ख्याल ठट्टा गर्ने नि होइन है…”

मानवीय सुरक्षासँग जोडिएको यस सवालमा ‘बाँचौँ र बचाऔँ’ को उद्घोषसहित डा बाबुराम अधिकारीको शब्द रचना, सागर गुरुङ र प्रेक्षा लम्सालको स्वरमा प्रिज्म स्टुडियोले अर्काे गीति भिडियो प्रस्तुत गरेको छ:

“नजाउँ कतै भीडभाड हुने ठाउँ

आउन सक्छ सहर सबै गाउँ

बनौँ सचेत

आत्तिनु पर्दैन

सावधानी अपनाउँ है हुन्नौँ अचेत…’

कोरोनाविरुद्ध चेतनामूलक गीतका साथै विभिन्न टेलिभिजनका हास्य कार्यक्रम र टेलिशृङ्खलाहरु यही अभियानमा सामेल भएका छन् ।

नेपाल टेलिभिजनको ‘मुन्द्रेको कमेडी क्लव’ ले कोरोनाविरुद्ध जनचेतनामूलक हास्य प्रस्तुति दिन थालेको छ । चिकित्सकलाई नै कार्यक्रममा उपस्थिति गराएर रमाइलो शैलीमा कोरोना भाइरस र यसको बचावटबारे प्रस्तुति दिन थालिएको छ ।

‘एमएमएस इन्टरटेन्ट’ले पनि रिमिक्स शैलीमा ‘रोगभन्दा बढी त्रास फैलियो हैरान’ बोलको ‘कोराना…’ गीत बाहिर ल्याएको छ । सचेतनाका लागि नागरिकहरुले नागरिकका लागि भन्दै सामाजिक सञ्जालमा विभिन्न चेतनामूलक र जानकारीमूलक सन्देश पनि समावेश गर्न थालेका छन् । यस्तो संवदेनशील घडीमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट गलत सूचना र अफवाह फैलाउनेलाई कानूनी काराबाहीको प्रक्रिया पनि अघि बढेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : २० बजे

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई