कोरोनाका कारण टोकियो ओलम्पिक १ वर्षका लागि स्थगित « Khabarhub

कोरोनाका कारण टोकियो ओलम्पिक १ वर्षका लागि स्थगित


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० को ग्रीष्मकालीन ओलम्पिक स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जापानको टोकियोमा हुने तय भएको प्रतियोगिता स्थगित गरेको हो ।

आयोजक देश जापानका प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावमा सहमति जनाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०२१ सम्मका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि आगामी जुलाई महिनाको २४ तारिखदेखि प्रतियोगिता शुरु हुने गरी कार्यतालिका निर्धारण गरिएको थियो ।

क्यानडा र अस्ट्रेलियाले २०२१ मा गरे आफूहरुले सहभागीता जनाउने दुई दिन अगाडि सार्वजनिक गरेका थिए।

´मैले प्रतियोगिता १ वर्षका लागि सार्न गरेको प्रस्ताव आईओसीका अध्यक्ष बाच सहमत भएका छन्, ´ प्रधानमन्त्री आवेले भने,` यसले खेलाडीलाई राम्रो वातावरणमा खेल्न सहज हुनेछ।´

अब भने अर्को वर्षको ग्रीष्म ऋतुसम्मका लागि प्रतियोगिता सारिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ३७ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण