क्वारेन्टाइनबाटै गायक दीपक बज्राचार्यको लाइभ कन्सर्ट, गरे फ्यानलाई खुशी बनाउने प्रयास « Khabarhub

क्वारेन्टाइनबाटै गायक दीपक बज्राचार्यको लाइभ कन्सर्ट, गरे फ्यानलाई खुशी बनाउने प्रयास


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दीपक बज्राचार्य क्वारेन्टाइनमा बसेको आज ८ दिन भइसक्यो । पहिलेका ७ दिन रमाइलोमा बिते पनि सोमवारबाट सरकारले लक डाउन गरेपछि चाहिँ बज्राचार्यलाई केही तनाव बनाएको छ । किनकि, समयमा पानी पनि नपाइने हो कि भन्ने उनीहरूलाई चिन्ता छ ।

अस्ट्रेलियाबाट कन्सर्ट गरेर आएपछि राजधानीको बुङ्मतिस्थित एक घरमा उनीहरू होम क्वारेन्टाइनमा बसिरहेका छन् । दीपक बज्राचार्यसहित सिङ्गो ब्याण्ड क्वारेन्टाइनमा बसेको छ ।

टिमले क्वारेन्टाइनमा बसेर बोर भएका आफ्ना दर्शकलाई फ्रेस बनाउन फेसबूक लाइभमार्फत सा‍ंगीतिक प्रस्तुति दिएका छन् ।

लाइभ हेरेर बसेका दर्शकले दीपक बज्राचार्यलाई मन परेको गीत सुनाउन आग्रह गरेका थिए । बज्राचार्यले मंगलवार शुरुमा ‘सानी’ गीत गाएर दर्शकलाई लाइभबाटै मनोरञ्जन दिएका थिए ।

लाइभमा आएर यसरी क्वारेन्टाइनमा आएर गीत गाएको सम्भवतः यो पहिलो थियो । सोमवार पनि बज्राचार्य र टिमले फेसबूकमा लाइभ आएर गीत सुनाएका थिए ।

दीपक बज्राचार्यले क्वारेन्टाइनको समयमा दर्शक फ्रेस बनाउन लाइभ आएको बताएका छन् । उनले नेपाल सरकार, प्रहरी र जनताको चासोमा लक डाउन मा सहयोग गर्नै सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ०२ बजे

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको