क्वारेन्टाइनबाटै गायक दीपक बज्राचार्यको लाइभ कन्सर्ट, गरे फ्यानलाई खुशी बनाउने प्रयास | Khabarhub Khabarhub

क्वारेन्टाइनबाटै गायक दीपक बज्राचार्यको लाइभ कन्सर्ट, गरे फ्यानलाई खुशी बनाउने प्रयास


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दीपक बज्राचार्य क्वारेन्टाइनमा बसेको आज ८ दिन भइसक्यो । पहिलेका ७ दिन रमाइलोमा बिते पनि सोमवारबाट सरकारले लक डाउन गरेपछि चाहिँ बज्राचार्यलाई केही तनाव बनाएको छ । किनकि, समयमा पानी पनि नपाइने हो कि भन्ने उनीहरूलाई चिन्ता छ ।

अस्ट्रेलियाबाट कन्सर्ट गरेर आएपछि राजधानीको बुङ्मतिस्थित एक घरमा उनीहरू होम क्वारेन्टाइनमा बसिरहेका छन् । दीपक बज्राचार्यसहित सिङ्गो ब्याण्ड क्वारेन्टाइनमा बसेको छ ।

टिमले क्वारेन्टाइनमा बसेर बोर भएका आफ्ना दर्शकलाई फ्रेस बनाउन फेसबूक लाइभमार्फत सा‍ंगीतिक प्रस्तुति दिएका छन् ।

लाइभ हेरेर बसेका दर्शकले दीपक बज्राचार्यलाई मन परेको गीत सुनाउन आग्रह गरेका थिए । बज्राचार्यले मंगलवार शुरुमा ‘सानी’ गीत गाएर दर्शकलाई लाइभबाटै मनोरञ्जन दिएका थिए ।

लाइभमा आएर यसरी क्वारेन्टाइनमा आएर गीत गाएको सम्भवतः यो पहिलो थियो । सोमवार पनि बज्राचार्य र टिमले फेसबूकमा लाइभ आएर गीत सुनाएका थिए ।

दीपक बज्राचार्यले क्वारेन्टाइनको समयमा दर्शक फ्रेस बनाउन लाइभ आएको बताएका छन् । उनले नेपाल सरकार, प्रहरी र जनताको चासोमा लक डाउन मा सहयोग गर्नै सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ०२ बजे

‘यो सरकार केपी ओलीको भन्दा पनि खराब देखियो’

गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा

पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै

कास्की- पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको

प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको