अमेरिकन आइडलमा दिवेशले गीत गाउँदा ‘जज’का आँखा रसाए « Khabarhub

अमेरिकन आइडलमा दिवेशले गीत गाउँदा ‘जज’का आँखा रसाए


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकन आइडलमा सहभागिता जनाएर चर्चा कमाइरहेका नेपाली मूलका गायक दिवेश पोखरेल ‘आर्थर गन’ ले गीत गाउँदा निर्णायकका आँखा रसाएका छन् ।

सोमवार प्रसारण गरिएको रियालिटी शो ‘अमेरिकन आइडल’ मा दिवेशले गीत गाउँदा जजहरुले उठेर सम्मान दिएका थिए । उत्कृष्ट २० मा परेपछि एकाएक चर्चामा आएका दिवेशले गीत गाउँदा यसअघि जजले चर्चित गायक बब मार्लीसँग तुलना गरेका थिए ।

दिवेशले सोमवार क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन’ गाएका थिए । यो गीत गाएपछि उनलाई तीनैजना निर्णायकहरुले उभिएर सम्मान व्यक्त गरेका थिए ।

निर्णायकमध्येका एक लियोनल रिचेले भावुक भएर आँसु पुछ्दै भने, ‘मलाई भावुक बनायो ।’

दिवेशले केही नेपाली गीत गाएका थिए । ती गीत अहिले दर्शकले खोजीखोजी हेर्न थालेका छन् । २१ वर्षीय दिवेश काठमाडौंमा जन्मिएका हुन् । उनी ५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ५१ बजे

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको