कोरोना भाइरस : एकैदिन ६ हजार ३५६ को मृत्यु, ८३ हजार बढीमा नयाँ संक्रमण « Khabarhub

कोरोना भाइरस : एकैदिन ६ हजार ३५६ को मृत्यु, ८३ हजार बढीमा नयाँ संक्रमण


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४२२ पुगेको छ । एकैदिन ६ हजार ३५६ जनाको मृत्यु भएको छ ।

त्यस्तै २४ घण्टाको अवधिमा ८३ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २७ लाख १५ हजार ६१४ पुगेको छ।

संक्रमितमध्ये ७ लाख ४५ हजार ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १७ लाख ८० हजार १४७ जनाको अहिले उपचार भइरहेको छ । उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था चिन्ताजनक छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणले सबैभन्दा धेरै प्रभाव अमेरिकामा पारेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ७९ हजार ४३० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८५ जार ६२४ जना उपचारपछि निको भएका छन् । १४ हजार ९९७ जनाको अवस्था गम्भीर रहेको छ । ७ लाख ४४ हजार ३७ जना उपचाररत छन् ।

त्यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।

एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये १ लाख १८ हजार ९९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ । एकैदिन ४४० जनाले ज्यान गुमाएका छन् । अहिले स्पेनमा २ लाख १३ हजार २४ संक्रमित छन् ।

इटालीमा एकैदिन ४६४ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ । अहिलेसम्म इटालीमा १ लाख ८९ हजार ९७३ जना संक्रमित छन् ।

त्यस्तै फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या १२ हजार ८५६ पुगेको छ । अहिलेसम्म १ लाख ५३ हजार १२९ मा संक्रमण देखिएको छ ।

फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार २३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : २१ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन