विश्व कोरोना भाइरसले आक्रान्त बनिरहँदा तीन देश ‘ग्रीन जोन’मा « Khabarhub

विश्व कोरोना भाइरसले आक्रान्त बनिरहँदा तीन देश ‘ग्रीन जोन’मा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीले विश्व त्रसित छ । विश्वका शक्तिशाली मुलुक कोरोनाविरुद्ध संघर्षरत छन् ।

शक्तिशाली मुलुक अमेरिका, यूरोपियन मुलुक बेलायत, स्पेन, इटाली लगायतमा कोरोना संक्रमणको अवस्था निकै नाजूक भइरहेको अवस्थामा विश्वका तीन मुलुकले कोरोना विरुद्धको लडाइँ जितेर ग्रीन जोनमा पर्न सफल भएका छन् ।

कोरोना विरुद्धको औषधी पत्ता नलागिसकेको अवस्थमा यो सबैका लागि सुखद् समाचार पनि हो । कोरोनाविरुद्धको औषधिविना नै ती मुलुकका संक्रमित सबै बिरामीहरु निको भएर घर फर्किएका छन् ।

कोरोनाविरुद्धको लडाइँ जित्ने मुलुकहरुमा सेन्ट लुसिया, ग्रीन ल्याण्ड र सेन्ट बार्थ रहेका छन् ।

सेन्ट लुसियामा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । त्यसैगरी ग्रीनल्याण्डमा ११ जनामा कोरोनाको संक्रमण देखिएकोमा सबै उपचार पछि निको भएर घर फर्किएका छन् । अर्को सेन्ट बार्थमा ६ जनामा कोरोना देखिएकोमा सबै सफल उपचार भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी आक्रान्त अमेरिका छ । अमेरिकामा हालसम्म ४९ हजार ८४५ जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख ८० हजार बढी संक्रमित भएका छन् । ८५ हजार ९२२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७ लाख ४४ हजार ४३७ जना उपचाररत रहेका छन् ।

विश्वमा शुक्रबार विहान समाचार तयार पार्दासम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ६५४ पुगेको छ । २७ लाख १८ हजार ७ सय बढी संक्रमित छन् । विश्वमा ७ लाख ४५ हजार ६२० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : ४४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन