कोरोना भाइरस : ७ लाख ४५ हजार निको भए « Khabarhub

कोरोना भाइरस : ७ लाख ४५ हजार निको भए


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार भन्दा धेरै पुगेको छ।

पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म १ लाख ९१ हजार ५५ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेको छ।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म ५० हजार २४३ मानिसको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ७९ हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै झण्डै ३० हजार संक्रमित थपिएका छन्। कोरोना भाइरसका कारण इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ हजार ८ सय ५६, बेलायतमा १८ हजार ७ सय ३८ मानिसको मृत्यु भएको छ।

विश्वभरका संक्रमित २७ लाख १५ हजार ६ सय १४ मध्ये ७ लाख ४५ हजार ८१९ मानिसहरु उपचारपछि निको भएका छन्।

झण्डै १८ लाख मानिसको उपचार भइरहेकोमा उनीहरु मध्ये ५८ हजार ६ सय ७८ जना गम्भीर रहेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : २१ बजे

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार