क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु « Khabarhub

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् ।

मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए । शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।

‘अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन’, उनले भने, ‘मृत शिशु प्रहरीको जिम्मा लगायौँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ ।’

क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ । रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कोरोनाको डरले शिशुको शव परीक्षण भने गरिएको छैन । आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको सङ्क्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ ।

शिशुको शव परीक्षण गरे/नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएनन । ‘अविवाहित भनिएकी युवतीले मृत शिशु जन्माएकी हुन् । अहिलेलाई यत्ति भनौँ । शिशुको शव परीक्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्’, प्रहरी निरीक्षक राईले भने ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : ५८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५