हातहातमै सामाजिक सुरक्षा भत्ता « Khabarhub

हातहातमै सामाजिक सुरक्षा भत्ता


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- लकडाउनमा समाजिक दूरी कायम गरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

नगरपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर दिने गरेको छ ।

हनुमाननगर कंकालिनी १ देखि १४ वडासम्मका टोलटोका घरघरमै पुगेर हातहातमा नै भत्ता वितरण गरिएको नगरपालिका अध्यक्ष शैलेशकुमार शाहले बताए ।

स्थानीय तहलाई स्वास्थ्य सामग्री

गैरसरकारी संस्थाको समन्वयमा सप्तरीका तीन स्थानीय तहलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

सप्तरीसँग सीमा जोडिएका प्रदेश नं १ को उदयपुरमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी राजगढ र विष्णुपुर गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

वेल्टहङ्गर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित सरोकार मञ्च र महुली सामुदायिक विकास केन्द्रको समन्वयमा संस्थाका प्रतिनिधिले सामूहिक रुपमा ती स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्रण गरिएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार