आजको मौसम : देशभर बदलीसँगै वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : देशभर बदलीसँगै वर्षाको सम्भावना


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र आजबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । पौडेलका अनुसार यी तीन प्रणालीको समिश्रणले मुकुलभर हल्का वर्षा भइरहेको छ ।

“आइतबारसम्म बिहान र दिउँसो केही समय मौसम खुले पनि अपराह्न तथा साँझापख निरन्तर वर्षा हुनेछ”, उनले भने ।

मौसमविद्का अनुसार विगत केही दिनयतादेखि दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको महाशाखाले जनाएको छ । मौसम पूर्णरुपमा सुधार हुन एक साता लाग्ने बताइएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका एक दुई स्थानमा चट्याङ्, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । शनिबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका एक दुई स्थान मध्य र पूर्वी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

बैशाख १२ गते (शुक्रबार)

दिउँसो : देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहि मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

बैशाख १३ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका पश्चिमका भू-भागका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका केहि स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख १४ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशभर केहि स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १२ : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका