दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय « Khabarhub

दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए । अध्यादेश फिर्ता लिनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितका दुई अध्यादेश जारी गरेकी थिइन् ।
तर अध्यादेशको चौतर्फी विरोध भएसपछि सरकार संकटमा परेको थियो ।

नेकपाभित्रै असन्तुष्टि चुलिएको थियो भने विहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको बैठकले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १२ : ४२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५