कीर्तिमानी क्रिकेटरको लकडाउन रुटिन– गहुँ काट्नेदेखि प्रेरणात्मक पुस्तक पढ्नेसम्म | Khabarhub Khabarhub

कीर्तिमानी क्रिकेटरको लकडाउन रुटिन– गहुँ काट्नेदेखि प्रेरणात्मक पुस्तक पढ्नेसम्म


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्व नै महाब्याधिसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो रहेको छैन । सामाजिक दुरी कायम गर्न सरकारले लकडाउन लगाएको एक महिना पूरा भइसकेको छ ।

तर, कोरोना भाइरसको असर कम हुनेभन्दा पनि झन जोखिम बढ्दै गएको छ । अहिलेसम्म नेपालमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जना उपचारपछि घर फर्किइसकेका छन् ।

कोरोना भाइरसले सम्पूर्ण जनजीवन प्रभावित पारेको छ । मैदानमा, जिममा, अभ्यासमा व्यस्त हुनु पर्ने खेलाडीहरुको दैनिकी पनि कोरोना भाइरसले प्रभावित बनाएको छ ।

कोरोना भाइरसले नेपालमा प्रभाव पार्ने अनुमानसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल गतिविधि बन्द गर्न भनेपछि कतिपय खेलाडी गाउँ फर्किएका छन् ।

कोरोना भाइरसकै कारण कञ्चनपुरको महेन्द्रनगरस्थित घर पुगेका सन्दीप जोरा अहिले घरायशी काममा व्यस्त छन् । लकडाउन एकातिर छ भने अहिले किसानहरु बारीको अन्न भित्र्याउन लागिरहेका छन् ।

गहुँ भित्र्याउने समय भएकाले जोरा पनि घरको काममा व्यवस्त छन् । उनी दिनभरी गहुँ काट्ने, थ्रेसिङ गर्ने देखि भुसा (चिलो) व्यवस्थापनमा लागिरहेको बताउँछन् ।

‘अहिले घरको काम गरिरहेको छु । गहुँ काट्ने, चिलो व्यवस्थापन गर्ने काम भइरहेको छ,’ सन्दीप भन्छन्, ‘लकडाउनका बेला निराशापन दूर गर्न प्रेरणात्मक पुस्तक पनि पढ्ने गर्छु ।’

काठमाडौं कीर्तिपुरमा बस्दा बिहानै उठेर त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यास गरिरहेका भेटीने उनी अहिले घरको काममा व्यस्त छन् ।

त्यसोत, उनी घरमा हुँदा फिजिकल एक्सरसाइज पनि गरिरहेका हुन्छन् । जिमबाहेकको फिजिकल बिहानै घरमा गर्ने गरेको उनले सुनाए ।

सशस्त्र प्रहरी बलमा जागिरे समेत रहेका युवा क्रिकेटर जोरा लकडाउन पछि आफ्नो पदर्शन कसरी छोटो समयमा लयमा फर्काउन सकिएला भन्ने चिन्तामा छन् । उनले भने,‘अहिले घरमा फिजिकल भइरहेको छ । मैदानमा अभ्यास गरे जस्तो हुँदैन । तर, पनि अब मैदानमा फर्किसकेपछि जतिसक्दो आफ्नो प्रदर्शन लयमा ल्याउने योजना छ ।’

घरमा बसीरहँदा फुर्शदको समयमा मनोबैज्ञानिक असर नपरोस् भन्नेमा पनि उनी सजग छन् । भन्छन्,‘मोटिभेसनका लागि खाली समयमा पुस्तक पनि पढ्छु ।’

सन्दीपले लकडाउनका लागि भनेर केही पुस्तक किनेका छन् । जसमा अहिले उनी भारतीय मुलका अमेरिकी लेखक शिव खैरको विश्व चर्चित पुस्तक ‘यु क्यान विन’ पढिरहेका छन् ।

‘बिहान फिजिकल गर्छु । त्यसपछि घरको काममा व्यवस्त हुन्छु । बाँकी समयमा आफूमा मनोबैज्ञानिक असर नगरोस् भनेर ‘यु क्यान विन’ पढिरहेको छु,’ जोराले भने, ‘अहिले लकडाउनका लागि भन्दै यो किताब पढिरहेको छु । यो पढि सकेपछि अर्को किताब पनि पढ्नु पर्छ ।’

उमेर समुहमा राम्रो गर्दै राष्ट्रिय टोलीसम्म पुगेका जोराले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको सिरिजमा खेल्दै डेब्यु गरेका थिए ।

यूएईविरुद्धको टि–२० खेलमा अर्धशतक बनाएका उनको नाममा ५३ रनमार्फत विश्व किर्तिमान बनेको थियो । सन्दीपको नाममा टि–२० डेब्युमा अर्धशतक बनाउने किर्तिमान छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ५१ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा