रंगोलीलाई समर्थन गरेको भन्दै कंगनाविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

रंगोलीलाई समर्थन गरेको भन्दै कंगनाविरुद्ध प्रहरीमा उजुरी


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आफ्नी बहिनी रंगोली चन्देलको विवादित ट्वीटको समर्थन गरेका कारण बलिउड कलाकार कंगना रनावत विवादमा तानिएकी छिन् । उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

हालै घृणा फैलाएको आरोपमा रंगोलीको ट्वीटर एकाउन्ट सस्पेन्ड गरिएको थियो । कंगनाले यदि उक्त ट्वीटमा कुनै कुरा पनि आपत्तिजनक लागे दुवै बैनीले सार्वजनिक माग्ने बताएकी थिइन् ।

कंगनाविरुद्ध मुम्बईका एक वकिलले उजुरी दिएका छन् । उनले कंगनाकी बहिनीले हत्या र हिंसालाई उक्साएको र कंगना समर्थनमा आउने गरेको बताएका छन् ।

ती वकिलले आरोप पत्रमा बताएका छन् – कंगनाकी बहिनी रंगोलील्े स्टारडम, लोकप्रियता, पैसा र शक्ति र प्रभावको दुरुपयोग गरेर नकारात्मकताको बढवा दिएकी छिन् ।

उक्त ट्वीटले कंगनाको देशैभर विरोध भएको थियो ।

कंगनाले केही दिनअघि एक भिडियो शेयर गरेकी थिइन्, जसमा उनले भनेकी थिइन् कि, ‘अस्ति मेरी बहिनीले एक ट्वीट गरेकी थिइन्, जसमा उनले भनेकी थिइन् कि, जसले डाक्टर र प्रहरीमाथि आक्रमण गर्छन्, उनीहरुलाई गोली हान्नुपर्छ, केहीले झूठो दाबी गरेका छन् कि, रंगोलीले यो ट्वीट मुस्लिमको नरसंहारका लागि भनेकी हुन्, यदि त्यस्तो ट्वीट लाग्यो भने म र रंगोलीले माफी माग्नेछौं ।’

रंगोलीको ट्वीटपछि कतिपय सेलिब्रेटीले समेत विरोध जनाएका थिए । रंगोलीले एक ट्वीटमा डाक्टर र प्रहरीमाथि हमला गर्नेको निन्दा गरेकी थिइन् । साथै उनले मिडिया र धर्मविशेषलाई निशाना बनाएर पनि विवादित ट्वीट लेखेकी थिइन् । त्यसैले उनको खाता सस्पेन्ड गरिएको छ ।

उनको ट्वीटमा असहमति जनाउँदै सञ्जय दिक्षित, रीमा काग्ती, फराह खान लगायतले रंगोलीको ट्वीटको विरोध गर्दै प्रहरीलाई ट्वीटरबाटै मेन्सन गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : १० बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी