फेसबुकसँग मिलेर एशियाकै सबैभन्दा धनी यसरी बने भारतीय व्यापारी अम्बानी « Khabarhub

फेसबुकसँग मिलेर एशियाकै सबैभन्दा धनी यसरी बने भारतीय व्यापारी अम्बानी


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय व्यापारी मुकेश अम्बानी एशियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

अम्बानीको कम्पनी रिलायन्स जियो र मार्क जुकरवर्गको कम्पनी फेसबुकबीच लगानीको सहमति भएसँगै अम्बानी एशियाका सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

योसँगै उनले यसअघि एशियाको सबैभन्दा धनी व्यक्तिको उपाधि पाएका चिनीयाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक मा लाई पछि पारिदिएका छन् ।

फेसबुकले अम्बानीको कम्पनीमा लगानी गर्ने सम्झौता गरेसँगै अम्बानीको सम्पत्ति ४ अर्ब डलरले बढेर ४९ अर्ब डलर पुगेको छ ।

योसँगै ज्याक मा को तुलनामा अम्बानीको सम्पत्ति ३ अर्ब डलर धेरै भएको छ ।

फेसबुकले अम्बानीको जियोमा ५ अर्ब ७० लाख डलर लगानी गर्नेछ । उक्त लगानीपछि फेसबुकको रिलायन्स जियोमा ९.९९ प्रतिशतको हिस्सेदारी हुनेछ । योसँगै रिलायन्स जियोमा फेसबुक सबैभन्दा ठूलो शेयरहोल्डर बन्नेछ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : ३३ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण