कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज « Khabarhub

कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– कोरोना भाइरसको आशङ्कामा झापाको भद्रपुरस्थित मेची अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिए ।

सो अस्पतालमा २५ र दमक अस्पतालमा दुई गरी जिल्लामा कूल २७ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । अस्पतालमा विभिन्न सङ्घसंस्थाले पिपिइ, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्रीको सहयोग गरिरहेका छन् ।

झापाका १५ स्थानीय तहले विभिन्न २७ स्थानमा ७७८ क्षमताको क्वारेन्टाइन कक्ष बनाएका छन् । ती क्वारेन्टाइनमा हाल १८९ जना छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ रहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ३७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १