बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता शुरु | Khabarhub Khabarhub

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता शुरु


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाबीच भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता शुरु भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विपक्षी दलका नेताबीच समसामयिक विषयमा छलफल चलिरहेको जानकारी दिएका छन् ।

पछिल्लो समय सरकारले ल्याएका २ वटा अध्यादेशको विषयलाई लिएर प्रतिपक्षी दल कांग्रेसले चर्को विरोध गर्दै आएको छ ।

प्रतिपक्षी कांग्रेससहित पार्टी भित्रैका अन्य शीर्ष नेताहरुको चर्को विरोध पछि प्रधानमन्त्री ओली विवादित २ वटा अध्यादेश फिर्ता लिन तयार भएका थिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी २ वटा अध्यादेश खारेज गरिसकेकी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ४ : ०५ बजे

कृष्णसार हेर्न जाऊँ खैरापुर (तस्बिरहरू)

काठमाडौं– दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र

आम्दा अस्पताल : दश वर्षमा ९ लाख बढीलाई स्वास्थ्य सेवा

लुम्बिनी– बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

काठमाडौं – राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण