सामाजिक दूरी कायम गर्दै लकडाउनका बीच नियमित खोप सञ्चालन गरिने « Khabarhub

सामाजिक दूरी कायम गर्दै लकडाउनका बीच नियमित खोप सञ्चालन गरिने


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनका करण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुनसकेको थिएन ।

यसरी नियमितरूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै दुई हप्ताअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूतरूपमा लागाइने खोपहरु सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेको छ ।

अहिले विषेश समय भएकाले खोप लगाउन मन्त्रालयले नियम पनि बनाइसकेकाले कुनै पनि बहानामा खोप कार्यक्रम नरोक्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा विभाग प्रमुख डा झलक गौतमले बालबालिका जन्मेदेखि १५ महिना पुग्दासम्म लगाउनुपर्ने सबै खोप अनिवार्य लगाउनुपर्ने भन्दै उक्त खोप सेवाबाट बञ्चित भए बालबालिकाको मृत्युसम्म हुनसक्ने जानकारी गराए ।

नियमित खोप पहिदेखि नै शुरु गरिएको सेवा हो, त्यसका लागि कुनै विशेष तयारी गर्नुपर्ने हुँदैन । मन्त्रालयले कम्तिमा ३ देखि ६ फिटसम्म सामाजिक दूरी कामय गरी खोप सेवा सञ्चालन गर्ने, स्वयंसेवकमार्फत टोलवासीलाई खोप लगाउन समय जानकारी गराउने, भीड नियन्त्रण गर्नेजस्ता मापदण्ड पूरा गरी काम गर्न आग्रह गरेको छ ।

खोप लगाउन खटिएका कर्मचारी पहिलो चरणमा बालबालिकालाई खोप दिन हुने/नहुनेबारे पहिचान गर्नुपर्छ । यसरी खोपमा खटिने स्वास्थ्य कर्मचारीले अनिवार्यरूपमा कम्तीमा सर्जिकल मास्क, डिस्पोजेवल ग्लोब्सको प्रयोग र शुरुमा तथा अत्यावश्यकतानुसार नियमित साबुनपानीले हात धुने व्यवस्था हुनुपर्ने मन्त्रालयले जनाएको छ । यसरी स्वास्थ्यकर्मीका लागि सबै सामग्रीको व्यवस्था सम्बन्धित स्थानीय तहले तयार गर्नुपर्ने छ ।

मन्त्रालयका अनुसार हरेक वर्ष ६ लाख २० हजार बालबालिकाले जन्मदेखि १५ महिनासम्म लगाउनुपर्ने अनिवार्य र निःशुल्क खोप सेवा लिने गरेका छन् । यो अवधिमा उनीहरुलाई १२ वटा खोप लगाउनुपर्छ । ती सबै अनिवार्य खोप हुन् ।

काठमाडौं महानगरपालिकाले पनि नियमित खोप सञ्चालन गर्नकै लागि सम्बन्धित सबैलाई परिपत्र गरिसकेको छ । यसरी लामो समय रोखिएको नियमित खोप सेवा सञ्चालन गर्ने तयारी गरे पनि यसबारे नागरिकलाई जानकारी भने गराएको छैन ।

कामपा शहरी जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार सबै वडामा पत्राचार गरिसकेकाले सोहीअनुरुप तयारी पनि भइरहेको छ । कामपा जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार कामपामा करिब ७० हजार बालबालिकाले वार्षिकरूपमा नियमित खोप लगाउनुपर्ने छ । विसीजी, डिपीटी, पोलियो, दादुराजस्ता १२ प्रकारको खोप नियमितअन्तर्गत पर्दछ ।

कामपा मात्रै होइन, काठमाडौं उपत्यकामा रहेका अन्य स्थानीय तहले पनि यी आधारभूत खोप सञ्चालन गर्ने तयारीमा लागेका छन् । मन्त्रालयले खोप सेवासँगै दीर्घरोगीको उपचार गर्न कुनै पनि बहानामा अस्पताललाई नपन्छिन आग्रह पनि गरेको छ ।रासस

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ४ : १९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष