कोरोना संक्रमित युवाको यात्रा- साउदीबाट काठमाडौं, उदयपुरमा केही दिन बसेर भोजपुर « Khabarhub

कोरोना संक्रमित युवाको यात्रा- साउदीबाट काठमाडौं, उदयपुरमा केही दिन बसेर भोजपुर


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण देखिएका भोजपुरका २६ वर्षीय पुरुषलाई विराटनगरको कोशी अस्पतालको आइसोलेनमा उपचार गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनी हाल हतुवागडीमा चिकित्सकको निगरानीमा रहेको र उनलाई विराटनगर ल्याउन लागिएको हो ।

गत फागुन ३० गते साउदीबाट हिमालयन एयरको विमानमा उनी नेपाल आएको डा देवकोटाले जानकारी दिए । नेपाल आएपछि उनी काठमाडौंबाट उदयपुर गए । उदयपुरमा केही दिन बसेर भोजपुर गएका थिए ।

प्रवक्ता देवकोटाका अनुसार उदयपुरमा बस्दा उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको पनि थ्रोड स्वाब संकलन गरी परीक्षण गरिएको छ ।

ति युवाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने १० जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हाल देशभरका विभिन्न अस्पतालमा ३८ जना कोरोना संक्रमितहरु आइसोलेनमा उपचारत छन् ।

बाग्लुङको धौलागिरी अस्पतालमा एकजना, धनगडीको सेती प्रादेशिक अस्पतालमाा एकजना, वीरगञ्जमा ५ जना, भरतपुरमा २ जना र बिराटनगरको कोशी अस्पतालमा २८ जना कोराना संक्रमित उपचारत रहेको र सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

हालसम्म पीसीआर विधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण गरिएको छ भने र्‍यापिट डाइग्रोष्टि टेष्ट किट (आरडीटी) बाट ३८ हजार ८९ जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर र आरडीटी दुवै विधिबाट हालसम्म ४७ हजार ४ सय ९६ वटा टेष्ट भएको छ । गत २४ घण्टामा ३ हजार ७ सय ९१ वटा नयाँ परीक्षण भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ४ : ४६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन