शहरबाट मान्छेहरु फर्किने क्रम बढेपछि वडामा निगरानी केन्द्र « Khabarhub

शहरबाट मान्छेहरु फर्किने क्रम बढेपछि वडामा निगरानी केन्द्र


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पातारासी– जुम्लाको पातारासी गाउँपालिले पोखरा, काठमाडौं, बुटवल, नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका नागरिकलाई उद्धार गरेर ल्याउन थालेपछि हरेक वडामा निगरानी केन्द्र निर्माण गरेका छन् ।

लकडाउनका कारण नेपालका विभिन्न जिल्लामा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने निर्णय भएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले जानकारी दिए । अलपत्र परेका नागरिकलाई काठमाडौं, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट गाडीमा ल्याउनका लागि सूचना प्रकाशित भइसकेको छ ।

अलपत्र परेका नागरिकले गाउँपालिकाले तोकेको सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न आग्रह गरिएको पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिका सदस्य सचिव रतन बुढथापाले बताए ।

गाउँपालिकाले आफ्नो खर्चमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न लागेको बताउँदै उहाँले पातारासी गाउँपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकबाट प्रत्येक वडामा निगरानी केन्द्र निर्माण गरिएको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : २२ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर